दाङमा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

दाङ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विक रहेका छन् ।

विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस