सालकको खपेटासहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसहित ४ जना रहेका छन् ।

सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने खबर प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TATA ADD