
उदयपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोमा एक जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ र्। पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारी रहेका छन् ।
तिवारीले ती किशोरीलाई उनकै घरकोठामा गत भदौ ३० गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।