उपभोक्ता समितिका सदस्यबाट वन अतिक्रमण

दियो पोस्ट  

काठमाडौं । कैलाली सामुदायिक वन उपभोक्ता समितिका सदस्यबाट नै वन क्षेत्र अतिक्रमण हुने गरेको छ । डिभिजन वन कार्यालय पहलपुरका अनुसार कैलालीका विभिन्न सामुदायिक वन क्षेत्रमा हुने अतिक्रमणमा वन उपभोक्ता समितिकैै पदाधिकारी र सदस्यको संरक्षण तथा सहभागिता हुने गरेको छ । पहलमानपुर डिभिजन वन कार्यालयका वन अधिकृत सुरेन्द्र कठायतले भजनी वन क्षेत्रमा भएको अतिक्रमण हटाउन थालिएको बताए । विगत ५/६ वर्षदेखि भजन नगरपालिका–९ स्थित सयपत्री सामुदायिक वन क्षेत्र भित्र भएको अतिक्रमण पनि हटाइएको जानकारी उनले दिए ।

सामुदायिक वन उपभोक्ता समितिका सदस्यबाट नै भएको उक्त अतिक्रमण समितिले हटाउन नसकेपछि डिभिजन वन कार्यालयलाई हटाउनका लागि आग्रह गरेको थियो । वन अधिकृत कठायतले भने, “कि अतिक्रमण हटाऊ है भने हामी अतिक्रमण गछौं भन्दै उपभोक्ताहरु डिभिजन वन कार्यालयमा सहयोग माग्न पुगेपछि बुधबार ठुलो सङ्ख्यामा कर्मचारी खटाएर हटाएका छौँ ।”

एउटै व्यक्तिले ४/५ विघा क्षेत्र अतिक्रमण गरी फलफुल, अन्नबाली लगाई वन क्षेत्र अतिक्रमण गरेका थिए । अतिक्रमण क्षेत्रफल ४०/५० जनाको उपभोक्ता समितिका पदाधिकारी र वनका कर्मचारीको टोलीले अतिक्रमण हटाउन सफल भएको बताए । “करिब तीन हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण गरी ५/६ वर्षदेखि लगाएको फलफुलका रुख, अन्नबाली नष्ट गरिएको छ । यो वर्ष सबैभन्दा ठुलो वन क्षेत्र अतिक्रमण हटाउन सफल भएको छ,”अधिकृत कठायतले भने ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।