झापामा छुरा प्रहार गरी एकको हत्या

दियोपोस्ट संवाददाता

झापा । झापामा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको दमक नगरपालिका–१ कुमाल चौकमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बु रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दमक नगरपालिका–७ बस्ने २५ वर्षीय सनम राईले एक्कासि छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका लिम्बुलाई तत्काल उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

घटनापश्चात राई छुरा लिई फरार भएको र निजसँग वतन नखुलेका करिब २३ वर्षीय पुरूषसमेत रहेको प्रहरीको अनुमान छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस