सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

सुनसरी । सुनसरीमा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको ईटहरी उपमहानगरपालिका–१२ पुरानो ट्रान्सपोर्टस्थित सडकमा शुक्रबार बिहान दुई वटा मोटरसाइकल र बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा प्रदेश १–०२–०४६ प ७२५८ नम्बरको मोटरसाइकल चालक मोरङ बिराटनगर महानगरपालिका बस्ने १९ वर्षीय अजित थापा र मोटरसाइकलमा सवार सुनसरी देवान्गंज गाउँपालिका–५ बस्ने २३ वर्षीय पवन कुमार साह रहेका छन् ।

प्रदेश १–०२–०४६ प १९६७ र प्रदेश १–०२–०४६ प ७२५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर पुनः स.१ ख ८१६ नम्बरको बसमा ठोक्किन पुगेको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको र घाइते भएका अन्य १ जनाको बिराटनगर नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस