काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित २ जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदन परेको परेको थियो । उक्त निवेदनमा उनीहरुले १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको उल्लेख छ ।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई इनरुवा नगरपालिका–३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
शुक्रबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।