तारकेश्वर नगरपालिकाको वडा कार्यालयमा प्रदर्शनकारीले आगो लगाए

दियोपोस्ट संवाददाता

काठमाडौं । जेन जी आन्दोलनका प्रर्दशनकारीले तारकेश्वर नगरपालिकामा रहेको वडा नम्बर ११ को कार्यालय र प्रहरी चौकीमा तोडफोड गरेका छन् ।

हिजो (भदौ २३) जेन जी आन्दोलका युवाहरुमाथि प्रहरीले गोली चलाउँदा २० जना युवाहरुको मृत्यु भएको बिरोधमा आज देशब्यापीरुपमा आन्दालन गरिएको छ ।

यसै शिलशिलामा आन्दोलनकारीहरुले राजनीतिक दलका नेताहरुको घर तथा पार्टी कार्यालयमा आगजानी गरिरहेका छन् ।