
काठमाडौँ । जेन-जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गरिने भएको छ । आन्दोलनमा ज्यान गुमाउने १० जनाको आज अन्त्येष्टि हुन लागेको हो।
आन्दोलनमा ज्यान गुमाउने अन्यको यसअघि नै दाहसंस्कार भइसकेको छ । अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने बताइएको छ ।
सरकारले मृतकहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।