काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा संविधान दिवस मनाएको छ। माओवादीले जेनजी आन्दोलनका क्रममा जलेर भग्न बनेको पार्टी कार्यालयबाट संबिधान दिवस मनाएको हो ।
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान सभाबाट संविधान बनाउने ठाउँमा आइपुग्न ७० वर्ष भन्दा लामो यात्रा तय गर्नुपरेको स्मरण गर्दै जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिका बिचमा संविधान दिवस मनाउन लागेको बताए ।
अध्यक्ष प्रचण्डले जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्नु पर्ने भन्दै संविधान बनाउने काम जटिल र चुनौतीपूर्ण रहेको बताए ।
अहिलेको संविधान अझ प्रगतिशील बनाउनुपर्ने पक्षमा रहेको भन्दै अध्यक्ष प्रचण्डले ठुला दलका अहङ्कारका कारण अहिले यो अवस्था आएको बताए ।
कार्यक्रममा पार्टी पदाधिकारी तथा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।


