माइतीघरमा एक महिलाद्वारा आत्मदाह प्रयास

राजेन्द्र भट्ट

काठमाडौं- काठमाडौँको माइतीघरमा एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन्। माइतीघर मण्डलामा लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आत्मदाह प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती महिलालाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनलाई वीर अस्पताल पुर्‍याइएको हो।

घटना सम्बन्धमा आवश्यक छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।