धादिङ पुगेर दमाहा बजाउँदै पुर्व प्रधानमन्त्री झलनाथ खनाल

दियो पोस्ट  

काठमाडौँ, भदौ १५ । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल शनिबार धादिङ पुगेका थिए । दलित समाज नेपालले आयोजना गरेकाे नौमती पञ्चैबाजा महोत्सव उद्घाटन गर्नका लागि खनाल त्यहाँ पुगेका थिए । पर्यटन प्रवर्द्धन र संस्कृतीको संरक्षण गर्ने अभियानसहित उक्त कार्यक्रम गरिएको थियो । पुर्व प्रधानमन्त्री खनालले दमाहा बजाएर सो कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले पर्यटन प्रवर्द्धनको लागि नेपाली मौलिक संस्कृतीले अत्यन्त उल्लेखनिय भुमिका खेल्ने बताए । संस्कृती र परम्पराले नै नेपाललाई विश्वासामु चिनाउन मद्धत गर्ने भएकोले यसको संरक्षणमा लाग्नका लागि सम्पुर्ण नेपालीहरुलाई आह्वान गरे । उनले लोक संस्कृतीमा पञ्चैवाजाको महत्व र इतिहासबारे पनि केही धारणाहरु ब्यक्त गरे ।

नौमती र पञ्चैबाजा दलितहरुले मात्रै बजाउने प्रचलन बिस्तारै हटेको र श्रम र विस्तारै जातिय विभेद र छुवाछुत हटेको उनको ठम्याई थियो । केही ठाउँहरुमा अझै व्याप्त भएतापनी विभेदविरुद्ध दलित समुदाय पनि एकजुट भएर लड्नुपर्ने बताए ।

दलित समाज नेपालको आयोजनामा सम्पन्न भएको सो महोत्सवमा पञ्चैबाजा प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ठ हुने टोलीलाई नेता खनालले पुरस्कार प्रदान गरेका थिए ।

भिडियो हेर्नुहोस्

कार्यक्रमस्थलको ठेगानामा त्रुटी भएको कारण समाचार सच्याइएको छ ।