यू–१९ एसिया कप क्रिकेटः नेपालद्धारा श्रीलंकासामु १ सय ६० रनको लक्ष्य प्रस्तुत

दियो पोस्ट  

काठमाडौँ, भदौ २० । काठमाडौँ । अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको हो । पानी परेको कारण खेललाई ४२ ओभरमा छोट्याइएको हो ।

नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ८६ बलमा चार चौका हिर्काए ।

कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदै तेस्रो विकेटका लागि गौतमसँग ९१ रनको महत्वपूर्ण साझेदारी गरे ।

त्यस्तै, रसिद खानले १५ तथा हरिबहादुर चौहानले १२ रनको योगदान दिए ।

श्रीलंकाका लागि दिलसान मदुशंका र नाभोद दिनसुरीले ३–३ विकेट लिए ।