श्रीलंकासँग नेपाल ५ विकेटले पराजित

दियो पोस्ट  

काठमाडौँ, भदौ २० । एसीसी यु–१९ एसिया कपमा नेपाल श्रीलंकासंग ५ विकेटले पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।

श्रीलंकाका लागि अभिस्का थिरुन्डुले नटआउट २५ रन जोडे भने विकमासिङ्गघाले ३० रनको योगदान दिए। ओपनिङ ब्याट्सम्यान कमिल मिश्राले सबैभन्दा बढी ५५ रनको योगदान दिए।

बलिङमा नेपालका रासिद खानले २ विकेट लिए। पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन जोड्यो। नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित बनेपछि खेल ४२ ओभरमा झारिएको हो। जसका कारण श्रीलंकाले १५९ रनकै लक्ष्य पाएको थियो।

नेपालका लागि ओपनर रित गौतमले ५४ रन जोडे। उनले ८६ बलमा ४ चौका हिर्काए।

कप्तान ४७ रनको योगदान दिए। उनले ८० बल खेलेर १ चौका हिर्काए।

हरि चौहानले १२ रन र रासिद खानले नटआउट १५ रनको योगदान दिए।

पवन सर्राफ ४ रन, आसिफ शेख ७ रन, भीम सार्की १ रन, कुशल मल्ल २ रन, सागर ढकाल र सूर्य तामाङले १–१ रन जोडे।

बलिङमा श्रीलंकाका दिलसान मधुशंका र नभोद दिनुश्रीले ३–३ विकेट लिए।

नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।

TATA ADD