चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेन, अवतरण हेर्न गएका मोदी निराश

दियो पोस्ट  

भारत, भदौ २१ । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा पुगेर असफल भएको छ ।

चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने भएपनि अवतरण हुन सकेन ।

इसरोका अध्यक्ष के सिवनले भनेका छन्, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २.१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो । तर त्यसपछि सम्पर्क टुट्यो । हाल डेटाको समीक्षा भइरहेको छ ।’

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए । अवतरण सफल हुन नसकेपछि उनी निराश बनेका छन् ।

सबै राम्रो भइरहेको थियो, तर अन्तिम समयमा इसरोको केन्द्रमा तनावको अवस्था सिर्जना भएको र वैज्ञानिक चिन्तामा देखिएका थिए । केही समयपछि इसरोका अध्यक्ष प्रधानमन्त्री मोदी नजिक गए र अवतरण असफल भएको जानकारी दिए ।

प्रधानमन्त्री मोदी फर्किन लाग्दा इसरोका पूर्व अध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिएका थिए ।

TATA ADD

सिफारिस