सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ।
गृह मन्त्रालयले शुक्रवार साँझ आफ्नो वेबसाईटमार्फत् चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो।
असोज ३ गते मनाइने संविधान दिवसका अवसरमा सबैतिर राष्ट्रिय झण्डाको व्यापक रुपमा प्रयोग गर्ने सरकारको योजना अनुसार यस्तो नमूना सार्वजनिक गरिएको अधिकारीहरूको भनाई छ।
संविधान दिवस मनाउनका लागि स्थानीय सरकार, सङ्घ-संस्था, निजीक्षेत्र र तल्लो तहका कार्यालयहरुबाट नमूना माग भएकाले सार्वजनिक गरिएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद आचार्यले बताए।
आचार्यले भने: “झण्डालाई मुटुको माथि पार्नेगरि टिसर्टको नमुना बनाइएको र टिसर्टमा प्रयोग गरिएका घेरालाई राष्ट्रिय झन्डाको घेरासँग मिलाउन खोजिएको हो।