एजेन्सी, भदौ २२ । श्रीलंकामा चलिरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज आईतबार बंगलादेशसंग खेल्दैछ ।
खेल नेपाली समय अनुसार विहान सवा १० बजे कोलम्बोमा हुनेछ ।
पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।
अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाईनल पुग्ने सम्भावना कठिन बनेको छ ।
समूह चरणको अन्तिम खेल नेपालले मंगलबार युएईसंग खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन् ।
पछिल्लो पाँच खेलको हेड टु हेडमा बंगलादेश बलियो रहेको छ । पाँच भेटमा बंगलादेशले ४ खेल जितेको छ । एक खेल भने वर्षाको कारण नतिजा विहिन भएको छ ।