लुटपाटमा भगौडा सेनासँगै विप्लव कार्यकर्ता

दियो पोस्ट  

काठमाडौँ, भदौ २३ । नेपाली सेनाका भगौडा सिपाही र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रसुवा सदस्यसहित आठ जना गोङ्गबुस्थित नयाँबसपार्कबाट दुई थान अवैध हतियारसहित पक्राउ परेका छन् ।
बुवाको उपचार गर्न राजधानी आउनुभएका नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विकलाई गोङ्गबुस्थित मुस्ताङ गेस्टहाउसमा बोलाई हतियार देखाएर लुटपाट गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । परिसरका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार पक्राउ पर्नेहरूमा गोङ्गबुस्थित होई रेस्टुराँ एन्ड डान्स बारका सञ्चालक गोरखाका कुशल अधिकारी सेनाका भगौडा र रसुवा छेदिङका योर्साङ घले विप्लवका कार्यकर्ता हुन् । उनीहरूका साथबाट बरामद दुईवटै पेस्तोल द्वन्द्वकालमा प्रहरीबाट लुटिएको हतियार भएको दाबी प्रहरीको छ ।
त्यस्तै हतियार देखाई लुटपाट घटनामा संलग्न रहेको अभियोगमा हाई रेस्टुराँ एन्ड डान्सबारका सञ्चालकहरू नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ, पिटर तामाङ, विजय तामाङ, सहयोगीहरू गुल्मीका युवराज भण्डारी र राजन तामाङ छन् ।
यो समूहले डान्स रेस्टुराँमा आउने ग्राहकलाई समेत हतियार देखाई ‘ओभरबिलिङ’ गरी धम्की दिने र जबर्जस्ती रकम तिर्न लगाउने गरेको जानकारी प्रहरीले दिएको छ ।  गोरखापत्र दैनिकबाट

सम्बन्धित खबर