काठमाडौँ, भदौ २३ । चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद सदस्य वाङ यीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । आइतबार त्रिभुवुन विमानस्थलबाट नेपाल आइपुगेका मन्त्री यीले सोमबार साँझ प्रधानमन्त्रीलाई भेटे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
साढे तीन देखि पौने पाँच बजेसम्म चिनियाँ र नेपाली प्रतिनिधि मण्डलबिच होटल याक एण्ड यतिमा वार्ता गर्ने कार्यतालिका रहेको छ । सामान्य वार्ता सकिएपछि उनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नेछन् । बालुवाटारमा प्रधानमन्त्रीले एक घण्टा समय दिएका छन् । उनले प्रधानमन्त्रीसँग वान टु वान भेटघाट गर्नेछन् । प्रधानमन्त्री संग भेटघाट कार्यक्रम सकिएपछि उनि राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुग्नेछन् । राष्ट्रपतिले उनलाई ३० मिनेटको समय दिएकी छिन् ।
भेटघाट सक्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई रात्रीभोज दिने कार्यक्रम रहेको छ । रात्रीभोजको कार्यक्रम होटल याक एण्ड यति मा नै गरिएको छ । रात्रिभोज सक्किएपछि उनि आराम गर्न द्वारिका होटल पुग्ने छन् ।
आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्री यी चिनियाँ दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । उनले दुईपक्षिय छलफल गरि बाँकी समय सामान्य भेटघाट गरेका थिए । यी मंगलबार चिन फर्कने कार्यक्रम रहेको छ । चिन फर्कनु अघि उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापती शेर बहादुर देउवा लगायतका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।