काठमाडौँ, भदौ २३ । जाजरकोटमा भाइरल ज्वरोको कारण १४ बर्षीया किशोरीको मृत्यु भएकोे छ । जिल्लाको बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी आशा विकको भाइरल ज्वरोको कारण मृत्यु भएको ।
एक साताअघि जिल्ला अस्पतालमा भर्ना भएकी आशालाई ज्वरो आउने, घाँटी दुख्ने, हातखुट्टा दुख्ने समस्या देखिएको थियो । सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो ।
उपचारका लागि नेपालगंज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । आशा खलंगाको त्रिभुवन माद्यमिक विद्यालयमा ८ कक्षामा पढ्दैथिइन्। उनका बाबुआमा मजदुरीका लागि ५ वर्षदेखि भारतको हिमाचलमा बस्दै आएका छन् ।