घाइते अवस्थामा उपचाररत विप्लव कार्यकर्ता अस्पतालबाटै पक्राउ

दियो पोस्ट  

काठमाडौँ, भदौ २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्त पार्टीका तनहुँ जिल्ला सचिवालय सदस्य विलाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर दुर्घटनामा परि घाइते भएका परियारको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत थिए ।

चिकित्सकले केही दिन अस्पतालमै बस्नुपर्ने सुझाव दिएका भएपनि प्रहरीले उनलाई अस्पतालको वेडबाटै पक्राउ गरेको छ । विप्लव माओवादीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन र सेक्रेटरी अजितले एक विज्ञप्ती जारी गर्दै उपचाररत व्यक्तिलाई पहरीले अस्पतालबाटै पक्राउ गरि अमानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासनको घोर विरोध गरिएको छ ।

युद्धकै आधारभुत नियममा पनि उपचार गर्न दिइनुपर्नेमा अमानविय काम गरेको भन्दै प्रहरीको भर्त्सना गरिएको छ ।

यता, प्रहरीले भने उनलाई आइतबार शुक्लागण्डकी नगरपालिका वडा नं। ४ दुलेगौडा बीपी चोकबाट पक्राउ गरेको दाबी गरेको छ ।

सिफारिस