यी हुन् सार्वजनिक सवारी साधनमा युवतीमाथि दुर्व्यवहार गर्ने तात्कालिन माओवादीका पुर्वसांसद !

दियो पोस्ट  

काठमाडौँ, भदौ २३ । सार्वजनिक सवारी साधनमा युवतीमाथि यौन दुव्र्यबहार गरेको आरोपमा तात्कालिन माओवादी केन्द्रका पुर्वसांसद पक्राउ परेका छन् ।

सोमबार रत्नपार्कबाट भैँसेपाटी जाने बसमा चढेका घिसिङले सोही बसमा सवार एक युवतीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । कलेज पढ्ने युवतीलाई बस भित्रै दुव्र्यवहार गरेपछि प्रतिकारमा उत्रिएकी युवतीलाई बसभित्रका अन्य यात्रुहरुले पनि साथ दिएका थिए ।

बसमा यात्रा गरेका यात्रुहरुले नै प्रहरीलाई खबर गरेपछि महानगरिय प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । युवतीमाथि अभद्र व्यवहार गरेकोमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

तात्कालिन माओवादी केन्द्रका समानुपातिक सभासद बनेका घिसिङले पार्टीत्रि समेत अनैतिक क्रियाकलाप गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरि निष्काशन गरिएको थियो । तात्कालिन माओवादी केन्द्रको ललितपुर जिल्ला कार्यसमितिले २०७४ वैशाख २० गते उनलाई निष्काशन गरेको थियो ।

पार्टी नीति, विधि विपरीत स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाउने, पार्टीको हितविपरीत गतिविधि जारी राखेकोले बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले घिसिङलाई पार्टीबाट निस्कासन गरेको थियो ।