रसुवा, भदौ २४ । रसुवागढी नाकामा आज मंगलबारदेखि क्यू नम्बर प्रणाली लागु भएको छ । नाकामा गाडीको चापलाई व्यवस्थापन गर्न र अवसरको समानुपातिक वितरणको लागि प्रणाली सुरु गरिएको हो ।
नाकामा सवारी चापको उचित व्यवस्थापन नहुँदा व्यवसायीले समस्या झेल्दै आएका छन् । नेपालतर्फ पार्किङ स्थलको अभाव हुनुका साथै केरुङतर्फ पार्किङको व्यवस्था भए पनि चर्को मूल्य तिर्न पर्दा व्यवसायी मारमा परेका छन् ।
गाडीहरूले प्रत्येक पटक भन्सार भई टिमुरेबाट काठमाण्डौ छुट्ने बेलामा आफ्नो प्रज्ञापनपत्र र चलानीको प्रतिलिपि बुझाएर आफ्नो गाडीको टिपको क्यू नम्बर लिनुपर्ने छ ।
क्यू नआएको गाडीले टिप नपाउने बताइएको छ ।