चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्डबीच भेटवार्ता

दियो पोस्ट  

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतबारे छलफल भएको बताइएको छ ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।

यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारकाबीचमा विगतमा भएको सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए ।

यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए ।

आजको छलफलबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने प्रचण्डले विस्वास व्यक्त गरे ।

TATA ADD