ओली र मोदीद्धारा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाईनको उद्घाटन

दियो पोस्ट  

काठमाडौँ, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय रिमोटद्धारा मोतिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइनको सयंक्त रुपमा उद्घाटन गरेका हुन् । भारतबाट नेपाल जोड्ने ऐतिहासिक पेट्रोलियम पाइपलाई मंगलबार उद्घाटन भएको हो । मंगलबार उद्घाटन भएको पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन रहेको छ ।

सिंहदरबारबाट प्रधानमन्त्री र नयाँ दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैसाथ रिमोट थिचेका थिए । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले खुशी व्यक्त गरेका छन् । ट्वीटमार्फत उनले तोकिएको समय भन्दा पहिले नै परियोजना सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद समेत दिएका छन् ।

पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिमता लगायतका विविध समस्याहरु हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो ।

उद्घाटनसँगै पाइपलाइनबाटै भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति सुरू भएको छ। त्यसका लागि नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ।

तस्वीरः रासस

सुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ। पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको करिब ७५ करोड रुपैयाँ संयुक्त लगानी रहेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।