डोटीका सहायक वन अधिकृत सुरेश चन्द्र डिसी साढे ३ लाख घुससहित पक्राउ !

दियो पोस्ट  

काठमाडौँ, भदौ २४ । डोटीका सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी घुससहित पक्राउ परेका छन् । डोटीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यलयका प्रमुख समेत रहेका डि.सीले काठको छुटपुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिएवापत सेवाग्राही संग घुस लिएका थिए ।

डि.सीले डिभिजन वन कार्यलय कञ्चनपुर हाजिर हुन जाने क्रममा बाटोमै सेवाग्राहीसंग घुस लिएको अख्तियारले जनाएको छ । डि.सीले ५ लाख ६० हजार घुस मागे पनि उनको साथबाट ३ लाख २६ हजारमात्र बरामद गरिएको अख्तियारले जनाएको छ ।

स्थानिय चुरामणी अर्यालको काठको छुटपुर्जा सिफारिस तथा कागजी प्रक्रियामा सहज गरिदिएवापत डिसीले घुस लिएका थिए । स्थानिय सुसन जोशीले सहायक वन अधिकृत डिसीसंग सहजीकरण गरेवापत ५ लाख ४५ हजार लिएका थिए । सो मध्य ३ लाख ६० हजार डिसीलाई बुझाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

सव डिभिजन वन कार्यलय प्रमुख डिसीलाई अख्तियारले ३ लाख ६० हजार माग दाविसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । त्यस्तै ५ लाख ४५ हजार लिएर सरकारी सेवामा कार्यरत अधिकारीलाई प्रलोभनमा पारि काम गराएको आरोपमा सुसन जोशीलाई ५ लाख ४५ हजार बराबरकै मागदाविसहित विशेष अदालतमा मुद्धा दायर गरिएको र सेवाग्राही चुरामणी अर्याललाई सरकारी साक्षी बनाइएको अख्तियारले जनाएको छ ।

TATA ADD