काठमाडौँ, भदौ २४ । सर्वोच्च अदालतले पत्रकार ओम हमाललाई रिहा गर्न आदेश गरेको छ ।
मंगलबार न्यायधीशद्वय डम्बर श्रेष्ठ र इश्वरी प्रसाद खतिवडाको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश गरेको हो । जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रीटमा सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य रहेका हमाल गत भदौ ६ गते पोखराबाट पक्राउ परेका थिए । जनसंचार डटकमका सम्पादक रहेका हमालको रिहाइका लागि पत्रकार संघ संगठनहरुले आवाज उठाएका थिए ।