सांसदको प्रश्नः मन्त्रीलाई डेंगु लागेर सुविधायुक्त अस्पताल जाँदा सर्वसाधारण कहाँ जाने ?

सांसदको प्रश्नः मन्त्रीलाई डेंगु लागेर सुविधायुक्त अस्पताल जाँदा सर्वसाधारण कहाँ जाने ?

काठमाडौँ, भदौ २५ । नेपाली काँग्रेसकी सांसद सुजाता परियारले डेंगु नियन्त्रण गर्न सरकार सक्षम नभएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद परियारले डेंगुले सर्वसाधरणमा आतंक फैलाइरहेको बेलामा सरकारले स्वास्थ्य सेवाको उचित व्यवस्थापन नगरिएको बताएकी बताएकी छिन् ।

डेंगुको आतंकले राजधानीका अस्पतालहरुमा भीड बढ्दै गएको भएतापनी रोग नियन्त्रणका लागि सरकारले कुनैपनि पहल गर्न नसकेको बताएकी छिन् । मन्त्रीलाई डेंगु लागेर सुविधासम्पन्न अस्पतालमा उपचार गराइरहँदा सर्वसाधरण जनता कहाँ जाने ? उनले सरकारलाई प्रश्न गरिन् ।

बहुमतको कम्युनिस्ट सरकार हुँदापनि रोग नियन्त्रण तथा न्युनिकरणका लागि कुनैपनि नीति लागु नहुनुले सरकारको सक्षमतामाथि प्रश्न चिन्ह उठ्ने उनले बताए ।

Trending News