काँग्रेस सांसद गुरुङको प्रश्नः प्रत्यक्ष निर्वाचित सांसदले ६ करोड पाउँदा हामीलाई खोई?

दियोपोस्ट संवाददाता

काठमाडौँ, भदौ २५ । समानुपातिक सांसदहरुले पनि प्रत्यक्ष निर्वाचित सांसद सरह सरकारबाट रकम पाउनुपर्ने माग उठेको छ ।

बुधबारको प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका समानुपातिक सांसद लालकाजी गूरुङले आफुहरुले पनि प्रत्यक्ष निर्वाचित सांसदसरह निर्वाचन क्षेत्र विकासको लागि रकम पाउनुपर्ने बताएका छन् ।

उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, निर्वाचन क्षेत्रको पुर्वाधार विकासको नाममा निर्वाचित सांसदले ६ करोड पाउँदा समानुपातिकले चाहीँ ६ पैसा पनि किन पाउँदैन ?’ उनले सरकारले आफुहरुलाई निम्छराको रुपमा हेरेको भन्दै आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद गुरुङले पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने मल्यांदी खोलादेखी देविस्थानभेग सम्मको सडक कालोपत्रे नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सदरमुकामलाइ जोड्ने र सबैभन्दा धेरै गाउँपालिका र नगरपालिकाको मुख्य बाटो भएकोले तत्काल कालोपत्रे गर्नका लागि सरकारसँग माग गरे ।