किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव निर्वाचित

Diyo post  

काठमाडौँ, भदौ २७ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव निर्वाचित भएका छन् । अजरबैजानमा सम्पन्न भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट उनि सर्वसम्मत महासचिव चुनिएका हुन् ।

उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो ।

महासचितव चुनिएपछि श्रेष्ठले सबैलाई धन्यवाद दिएका छन् । ‘यो विजय व्यक्तिगत रुपमा मेरो मात्र होइन, समग्रमा नेपालको सामूहित जित हो,’ उनले लेखेका छन् ।

सम्बन्धित खबर