बसन्तपुर क्षेत्रबाट पुर्वडिआइजी र पुर्वमेजर सहित ५० जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, भदौ २७ । बसन्तपुर क्षेत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाउन खोज्ने ५० जनाभन्दा बढी पक्राउ परेका छन् । इन्द्रजात्राको अवसर पारेर राष्ट्रपति भण्डारी बसन्तपुर क्षेत्र जानुअघि नै प्रदर्शनको तयारी गरिरहेका ५० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपाल प्रहरीका पुर्व डिआइजी तथा नेपाली सेनाका पुर्व मेजर केशव बस्नेतसमेत रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गर्न लागिएको २ सय ५० कालो रङको टिसर्ट र ब्यानर समेत बरामद भएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका सबैजनालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।