काठमाडौँ, भदौ २८ । सशस्त्र प्रहरीको टोलीले धनुषाबाट एकजना लाई पेस्तोलसहित पक्राउ गरेको छ ।
धनुषाको धनौजी नगरपालिका–२ बस्ने ३२ बर्षीय मनिष मिश्रलाई १ थान पेस्तोल तथा गोली सहित नियन्त्रमा लिइएको हो ।
शसस्त्र प्रहरीको गणबाट चेकजाँचको क्रममा मिश्र हतियारसहित पक्राउ परेका हुन् ।
उनलाई थप अनुसन्धान र कारवाहीको लागि नेपाल प्रहरीको जिम्म लगाइएको छ ।