अध्यक्षको एक्सनमा महासचिवको काउन्टरः जीतजंग बस्नेत नेतृत्वबाट बर्खास्त !

दियो पोस्ट  

काठमाडौँ, भदौ २८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको नेतृत्व तहमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्तीमार्फत एकले अर्कालाई संगठनको सदस्य समेत नहरने गरि निश्काशन गरेका छन् ।

शनिबार दिउँसो अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ती निकालेर महासचिवलाई बर्खास्त गरेका थिए । पार्टी र संगठनको सिद्धान्त विपरित अनुशासन र मर्यादा मिचेर गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष बस्नेतले उनलाई जिम्मेवारीबाट च्यूत गरिएको सार्वजनिक गरेका थिए ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेतले सार्वजनिक गरेका विज्ञप्ती

अध्यक्षको विज्ञप्तीलाई काउन्टर दिँदै महासचिव शाहीले पनि विज्ञप्तीमार्फत जीतजंगलाई साधारण सदस्य समेत नरहेन गरि निस्कासन गरे । उनले जारि गरेको विज्ञप्तीमा अध्यक्षले एकलौटी ढंगले काम गर्दै संगठनलाई बन्दी बनाउन खोजिएको आरोप लगाएका छन् ।

विज्ञप्तीमा अध्यक्ष विरुद्ध पाँच वटा आरोपसमेत लगाइएको छ । भ्रष्टाचार बिरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रम अन्तिम चरणमा आएर रोकेको, तरुण दलको केन्द्रिय समिति विस्तार गर्न पटकपटकको आग्रहलाई बेवास्ता गरिएको आरोप लगाइएको छ । संगठनको केन्द्रिय समिति ९५ जनाको हुनुपर्नेमा हाल ४ जना मात्रै रहेको उल्लेख गर्दै महासचिव शाहीले यसबारेमा अध्यक्षले कुनैपनि सक्रियता देखाउन नचाहेको आरोप लगाएका छन् । त्यस्तै संगठनभित्र आफुखुशी गतिविधि संचालन गर्ने, विधि विधानविपरित क्रियाकलाप गर्ने आरोप पनि अध्यक्षमाथि लगाइएको छ । उनिमाथि भ्रष्टाचारको आरोप समेत लगाइएको छ । बाढी पीडितको नाममा संकलित रकमलाई आफुखुशी खर्च गरि दुरुपयोग गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तरुण दल महासचिव भुपेन्द्रसिंह शाहीले जारि गरेका विज्ञप्ती

अध्यक्ष बस्नेत सभापति देउवानिकट हुन् भने महासचिव शाही वरिष्ठ नेता पौडेलनिकट मानिन्छन्।

यो पनि

तरुण दल अध्यक्षद्धारा महासचिव भूपेन्द्रजंग शाही सदस्यसमेत नरहने गरि बर्खास्त (विज्ञप्तीसहित)