प्रश्नको उत्तर नदिएपछि पत्रकार सम्मेलनमै कुटिए ज्ञानेन्द्र शाही !

दियो पोस्ट  

काठमाडौँ, भदौ २९ । पर्यटनमन्त्री योगेश भट्टराई माथि भएको दुव्र्यवहारको घटनालाई लिएर आयोजित पत्रकार सम्मेनलमा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ । घटनाको बारेमा बताउँदा बताउँदै उनिमाथि आक्रमण भएको हो ।

ज्ञानेन्द्र शाहीलाई पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नको उत्तर दिन नचाहेपछि उपस्थित केही ब्यक्तिहरुले उनिमाथि हातपात गरेका हुन् । शाहीमाथि हातपात हुन लागेपछि प्रहरीले उनको उद्धार गरि प्रहरी कार्यलयभित्र राखिएको छ ।

सुरक्षाको लागि शाहीलाई प्रहरी कार्यलयमा राखिएकोमा उनका अधिवक्ता सुरेन्द्र भण्डारीले भने प्रहरीले गुण्डागर्दी शैलीमा पक्राउ गरेको आरोप लगाएका छन् । उनले पर्यटनमन्त्री योगेश भट्टराईका कार्यकर्ताहरुले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोप लगाए । यसका लागि पर्यटन मन्त्री भट्टराईले माफी माग्नुपर्ने बताउँदै नमागेको खण्डमा आफुहरु मन्त्रीको राजीनामा माग्न वाध्य हुने चेतावनी दिए ।

प्रहरीले सुरक्षा अपनाउनका लागी पुर्व जानकारी दिएका भएपनि ज्ञानेन्द्र शाहीले बेवास्ता गर्दा घटना भएको ललितपुर प्रहरीले जनाएको छ । पत्रकार सम्मेनलन कक्षमा प्रहरीलाई प्रवेश गर्न रोक लगाइएको कारण पनि घटना घटेको बताएका छन् ।

शनिबार धनगढीमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि आफुले दुव्र्यवहार नगरेको र त्यसको बास्तविकता पत्रकार सम्मेलनमार्फत नै गर्ने शाहीले बताएका थिए । फेसबुकमार्फत उनले लालितपुरको नेपालका लागि नेपालीको कार्यलयमा हुने पत्रकार सम्मेलनमा सबै कुराहरुको बारेमा स्पष्ठ पार्ने पुर्वजानकारी दिएका थिए ।