सदनमा गृहमन्त्री र काँग्रेस सांसदको जुहारी– ‘सरकार कमजोर भएपछि अरिंगाल परिचालन गरेको आरोप’

दियो पोस्ट  

काठमाडौँ, भदौ २९ । बाँके घटनालाई लिएर गृहमन्त्री र नेपाली काँग्रेसका संसदबिच सदनमा जुहारी चलेको छ । भदौ २५ गते काँग्रेसका जिल्ला सभापती किरण कोइरालामाथि भएको आक्रमणका अभियुक्तहरुलाई तत्काल कार्वाहीको माग गर्दै नेपाली काँग्रेसले गृहमन्त्रीको जवाफ मागेको थियो ।

जवाफका क्रममा गृहमन्त्रीले घटनलाई लिएर सरकार गम्भिर भएको बताएका छन् । उनले घटनालाई राजनीतिकरण नगर्न समेत आग्रह गरे ।

गृहमन्त्रीले घटनाको विषयमा सदनमा जानकारी गराएपछि काँग्रेसका सांसदहरुले गृहमन्त्रीलाई प्रश्न गरेका थिए । काँग्रेस नेता बालकृष्ण खाँडले घटनालाई सरकराले नै राजनीतिकरण गरेको आरोप लगाएका छन् । उनले प्रहरी प्रशानसनले घटनामा संलग्नहरुविरुद्ध दिएको निवेदन समेत दर्ता नगरेको भन्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको बताए ।

स्तै, दिलेन्द्र बडुले सरकारले घटनालाई राजनीतिकरण गरेको आरोप लगाए। उनले घटनामा नेकपाका तर्फबाट वडाध्यक्ष नै रहेको बताए।

पुष्पा भुसालले अन्य व्यक्तिको नाम लिएर नेकपाको कार्यकर्ता जोगाउन गृहमन्त्री लागिपरेको बताए।

त्यस्तै, अमरेश कुमार सिंहले बाँके घटना लोकतन्त्र र सभ्य समाजको लागि हमला भएको बताए।

प्रकाश रसाइलीले पार्टीले दिएको किटानी जाहेरी दिएको व्यक्तिको नाम नलिएर अन्य व्यक्तिको नाम लिएर गृहमन्त्रीले झुक्याएको आरोप लगाए।

रामबहादुर बिष्टले पञ्चायतकालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अगाडि सारिने गरेको सम्झाए। ुअहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अगाडि सारिँदैछ। अरिंगाल र मण्डले एकै हुन् कि फरकफरक हुन्रुु, उनले भने।

त्यस्तै गगन थापाले सरकारले तथ्यलाई तोडमोड गरेको आरोप लगाए।

बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा नेकपा कार्यकर्ताले कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरेका थिए। आक्रमणबाट हातमा चोट पुगेको थियो।

सांसदहरुको प्रश्नपछि जवाफ दिँदै गृहमन्त्री थापाले सरकारले घटनालाई सामान्य रुपमा नलिएको बताए।

कुनै पार्टीले निर्णय गरेको घटना नघटेको बताए। ुसंलग्नहरु नेकपाको कार्यकर्ता हुनसक्छन्। तर उनीहरुलाई पार्टीले निर्णय गरेर पठाएको होइनु, उनले भने।