सोलुखुम्बु, भदौ ३० । मौसमको समस्याका कारण सोलुखुम्बुको लुक्लामा ३ सय भन्दा धेरै पर्यटक अलपत्र परेका छन् ।
खराब मौसमका कारण खुम्बुबाट काठमाण्डौ फर्कने झण्डै तीन सय जनाभन्दा बढि पर्यटक ३ दिनदेखि लुक्लामा नै अलपत्र परेका नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए ।
शुक्रबार २० ओटा उडान तालिका रहेकोमा कुनै पनि उडान हुन नसकेको उनको भनाई छ । त्यस्तै, शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भएको थियो भने आइतबार उडान हुन सकेन ।