ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध (विज्ञप्तीसहित)

दियो पोस्ट  

काठमाडौँ, भदौ ३० । पर्यटनमन्त्रीमाथि दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय युवा संघले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेश निषेध गरेको छ । राष्ट्रिय युवा संघ जिल्ला कमिटी कास्कीले सोमबार एक विज्ञप्ती जारि गर्दै शाहीलाई कास्की प्रवेशमा रोक लगाएको हो ।

साविक युवा संघ नेपाल कास्की जिल्ला अध्यक्ष भोजराज पौडेल र साविक वाईसिएल अध्यक्ष भोजराज पौडेलले संयुक्त रुपमा विज्ञप्ती जारि गरेको विज्ञप्तीमा फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।