समाजवादी पार्टीले संविधान दिवसमा दिपावली नगर्ने, विरोध पनि नगर्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ, भदौ ३० । समाजवादी पार्टीले आगामी असोज ३ गतेको संविधान दिवसमा तटस्थ बस्ने निर्णय गरेको छ । विद्यमान संविधान त्रुटीपुर्ण तथा अपुर्ण रहेको भन्दै संविधान दिवसमा खुशियालीको रुपमा दिपावली र विरोधको रुपमा कालो दिवस दुबै नगर्ने निर्णय गरेको हो ।

सोमबार पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ती जारी गर्दै संविधान दिवस नमनाउने निर्णय भएको जानकारी दिएका छन् । उक्त दिन ‘संविधान संसोधनको अपरिहार्यता आवश्यकता’ विषयमा सातै वटा प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समाजवादी पार्टीले गर्ने अन्तरिक्रिया कार्यक्रम सातै वटा प्रदेशको राजधानीमा हुने विभाग प्रमुख सिंहले जानकारी दिएका छन् ।