बाँकेका नेकपा सांसद भन्छन्, ‘ वडाध्यक्षलाई सार्वजनिक मुद्धा लगाईए आन्दोलन गर्छौँ’

दियो पोस्ट  

काठमाडौँ, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्द लाल रोकायले बाँकेमा नेपाली काँग्रेसकी सभापती किरण कोइरालामाथि नेकपाका कार्यकर्ताहरुले आक्रमण नगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद रोकायले काँग्रेसले आयोजना गरेको जागरण अभियानमा कुनैपनि घटना नघटेको बताएका छन् ।

तीनजना कार्यकर्ताहरु कार्यक्रमस्थलमा गएको भन्दै उनले भने, ‘डेढ दुई सयको भीडमा गएर ३ जनाले हातपात गर्न सक्छ ?’ उनले घटनालाई बुझ्दै नबुझी काँग्रेसले सदन अवरुद्ध गरेको बताए । उनले नेपाली काँग्रेसले नियोजित रुपमा नेकपाको नेता कार्यकर्तालाई फसाउन लागेको बताए ।

प्रहरी इन्सपेक्टरले समेत धक्कामुक्की नभएको जानकारी गराएका सांसद रोकायले बताएका छन् । पार्टी कार्यलयसम्म पुर्याउँदा सभापतीले समेत आफुलाई केही नभएको जानकारी दिएको उनले बताएका छन् । सांसद रोकायले नेपाली काँग्रेसले नियोजित रुपमा वडाध्यक्षलाई फसाउन खोजेको आरोप समेत लगाएका छन् ।

वडाध्यक्षबिरुद्ध नियोजित रुपमा फसाउन खोजिए आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । वडाध्यक्षलाई सार्वजनिक मुद्धा लगाइए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

सांसदको भनाई यस्तो छ

सीतापुर घटनाको बारे धेरै चर्चा भएको छ । त्यो मेरै क्षेत्र पर्छ । त्यहाँ वास्तविक कुरा एउटा हुन्छ, यहाँ धेरै बबाल हुन्छ । भुवनसिंह थापा भन्ने मान्छे एक नम्बर वडाका नेपाली काँग्रेसका कार्यकर्ता, अस्लाम भाट भन्ने मान्छे वडा नम्बर ७ को नेपाली काँग्रेसकै कार्यकर्ता ।

अस्लाम भाटले के काम गरेको रहेछ भने भुवनसिंह थापाको फेसबुकबाट आफूले हालिदिएर बवण्डर मच्चाएको थाहा पाएपछि तैले कि यसो गरिस् भनेर प्रहरी चौकीमा उजुरी पनि दिएको रहेछ ।

त्यो उजुरी दिइसकेपछि त्यही भुवनसिंह थापाको पक्षमा लागेर पहिले चार जना केटा आएका छन् । पहिले चारजना केटा भित्र पसे । पछि एक जना बाहिर निस्केर तीन जना त्यहाँ पसेका छन् ।

कसैले पनि त्यहाँ हातपात गरेको छैन । हात भाँचिदिने तर कुरा पनि भएको छैन । करिब डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैनन् । त्यहाँ कुनै पनि केही घटना घटेको छैन, त्यहाँ कसैले कसैलाई छोएकै छैन ।

त्यस्तो अवस्था पनि आज नेपाली काँग्रेस, एउटा जिम्मेवार पार्टी हो, अलिकता सोचेर जानुपर्थ्यो । त्यसै आक्षेप लगाएर ।।।।।

तीनजनाले केटाले गल्ती गर्यो । पार्टीले तिनीहरु त्यहाँ जानुहुँदैन भनेर पनि रियलाइज गरेको छ । विज्ञप्ति पनि निकाली सकेको छ । त्यो भन्दा बढी भएको छैन । त्यहाँ पुगेको पुलिस इन्सपेक्टरलाई पनि सोधेको छु । नेपाली काँग्रेसको स्थानीय सभापतिलाई पनि सोधेको छु ।

पुलिस इन्सपेक्टरले के भनेको छ भने, धक्कामुक्की केही नभएको । स्कर्टिङ गरेर पार्टी कार्यालय पुर्याएको छ । पार्टी कार्यालयसम्म पुर्याउँदा प्रहरीले ‘सभापतिज्यू तपाईंलाई केही भयो कि भएन रु’ भनेर भन्दा ‘छैन बाबु, मलाई ठीक छ तपाईं जानुहोस् धन्यवाद’ भनेर भनिएको छ ।

त्यही भएर त्यहाँ जाने तीन जना हुन् । हामीले त्यहाँ गएर गल्ती गरे भनेका छौँ ।

त्यहाँको वडा अध्यक्ष एकदमै बेकसुर छ । वडा अध्यक्षलाई मुद्दा लगाउने कुरा भन्ने कुरा हामी कदापि सहन सक्दैनौँ । यदी नेपाली काँग्रेसले आन्दोलन नै गर्छ भने हामी पनि आन्दोलन गर्छौं । आन्दोलन किन नगर्ने रु हामी सत्यकुरा मात्र स्वीकार्छौं, असत्य कुरा कुनै हालतमा पनि स्वीकार्दैनौँ ।

मेरो माग छ समितिले छानविन गरोस् र दोषीमाथि कारवाही गरोस् । समिति गठन नगरी त्यहाँ कारवाही हुनसक्दैन । समिति गठन गरेर छानविन हुनुपर्छ । छानविन गरेपछि को–को कारवाहीमा पर्छ, दोषी को ठहर्छ, त्यो काम गर्नुपर्छ ।

TATA ADD