काठमाडौं, भदौ ३१ । कमलपित्तको विकार निकाल्ने बहानामा झाँक्रीले पेट चिरेका धादिङका राजु मगरको मृत्यु भएको छ ।
राजुलाई भदौ २५ गते धादिङ अस्पतालमा भर्ना गरिएको थियो । २ महिनादेखि जण्डिस भएका राजुलाई सदरमुकाम धादिङवेशीमा महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेट ब्लेडले प्वाल पारिदिएका थिए ।
पेट चिरेर विकार पदार्थ निकालेबापत झाँक्रीले राजुसँग ८ हजार रुपैयाँ लिएका थिए । राजुको स्वास्थ्य विग्रदै गएपछि उनलाई काठमाडौंको नयाँबजारमा रहेको पिपुल मेडिकल कलेजमा लगिएपनि अरुले बनाएको घाउ आफूले नहेर्ने भन्दै बिरामीलाई फिर्ता गरिदिएको थियो ।
राजुका आफन्तले लामाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।