बाँकेमा काँग्रेसको आन्दोलन उग्र बन्दै, मंगलबार टायर बालेर बिरोध !

दियो पोस्ट  

बाँके, भदौ ३१ । नेपाली काँग्रेस बाँके जिल्ला सभापति किरण कोइरालामाथि कुटपीट गरिएको घटनालाई लिएर बाँके सदरमुकाम नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबारदेखि जारि आन्दोलन चौथो दिनसम्म आइपुग्दा थप उग्र बन्दै गएको छ । मंगलबार काँग्रेस भातृसंगठन तरुण दलले नेपालगंजको धम्बोजी चोकमा टायर बालेको छ ।

आन्दोलनमा नेपाली काँग्रेस प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल, केन्द्रिय सदस्य भरतबहादुर न्यौपानेसहित स्थानीय तथा जिल्ला तहका नेता कार्यताहरु उपस्थित भएका थिए । आन्दोलनमा बोल्दै नेताहरुले जिल्ला सभापतीमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही नगरिए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

आन्दोलनमा सम्वोधन गर्ने सबैले प्रहरी प्रशासन समेत दोषीलाई पक्राउ गर्ने पक्षमा नरहेको बताएका छन् । केन्द्रिय सदस्य भरतबहादुर न्यौपानेले मुख्य अभियुक्तलाई खोजी गर्न बाँके जिल्ला प्रहरी तत्पर नदेखिएको बताउँदै अपराधी पक्राउ गरेर कारवाही नगरिँदासम्म आन्दोलन नरोकिने बताए । प्रदेश सदस्य सुरेन्द्रबहादुर हमालले नेपाली काँग्रेसलाई बाघ र सत्तारुढ दललाई स्यालको संज्ञा दिएका छन् । सम्वोधनको क्रममा उनले बाघ बुढो र स्याल तन्नेरी कहिल्यै नहुने बताए । नेपाली काँग्रेस सत्तामा नभएपनि असक्षम नभएको दावि उनको थियो ।

बाँके जिल्ला सभापती किरण कोइरालामाथि हातपात भएपछि नेपाली काँग्रेसले सडक र संसद दुवै तर्फ संघर्ष गरिरहेको छ । घटना पछि काँग्रेस सांसदहरुले सदन चल्न दिएका छैनन् भने सडकमा कार्यकर्ताहरु अभियुक्तलाई कारवाहीको माग गर्दै आन्दोलनरत छन् ।

TATA ADD