राष्ट्र बैँकले असोज १० गतेदेखि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने

Diyo post  

काठमाडौँ, भदौ ३१ । नेपाल राष्ट्र बैँकले आगामी असोज १० गतेदेखि सर्वसाधारणहरुलाई नयाँ नोट बितरण गर्ने भएको छ । दशैँ र तिहार नजिकिँदै गर्दा नयाँ नोट वितरण गर्ने सम्पुर्ण आन्तरिक तयारी पुरा भएको राष्ट्र बैँकले जनाएको छ ।

राष्ट्र बैँकले चालु आर्थिक बर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी सुकिलो नोट वितरण गर्ने योजना बनाएको छ । बैँक र वित्तिय संस्थानहरुलाई भने असोज पहिलो साताबाट नै नयाँ नोट दिइने राष्ट्रबैँकले जनाएको छ ।

अन्य बैँक र वित्तिय संस्थानहरुले पनि सर्वसाधारणहरुलाई नयाँ नोट वितरण गर्ने भएकोले राष्ट्र बैँकले ती संस्थानहरुर्लाइ केहि चाँडै नयाँ नोट दिने भएको हो ।

सम्बन्धित खबर