काठमाडौँ, भदौ ३१ । समाजवादी पार्टी नेपालले विज्ञ परिषदको गठन गरेको छ । मंगलबार एक वैठक बसी ४० सदस्यीय विज्ञपरिषदको गठन गरिएको हो ।
विज्ञ परिषदको प्रमुखमा योजना आयोगका पुर्व सदस्य डा. पुष्पराज राजकर्णीकार रहेका छन् भने समवेशीताका विज्ञ ज्योती दनुवारलाई सचिव चयन गरिएको समाजवादी पार्टी स्रोतले बताएको छ ।
नवगठित विज्ञपरिषदलाई पार्टीको थिंक ट्यांकको रुपमा विकास गरि लैजाने जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र डा. बाबुराम बट्टराई नेतृत्वको नयाँ शक्तिबीच गत बैशाखमा एकता भई समाजवादी पार्टी गठन भएको हो।