त्रिभुवन विमानस्थल सुचारु, आकस्मिक अवतरण गरिएका विमान काठमाडौँ प्रवेश

दियो पोस्ट  

काठमाडौं, भदौ ३१ । मौसम प्रतिकुल बनेपछि अवरुद्ध भएको त्रिभुवन विमानस्थल अपराह्नदेखि सुचारु भएका छन् । मंगलबार विहानैदेखि मौसममा आएको खराबीको कारण काठमाडौँको भिजिविलिटी कमजोर भएपछि आन्तरिक उडान भरिरहेका विमानहरुलाई सुरक्षित स्थानमा रोकिन निर्देशन दिएको थियो ।

मौसमका कारण आकस्मिक अवतरण भएका विमानहरु सुचारु भएका छन् । काभ्रेमा मात्रै ८ वटा विमानले आकस्मिक अवतरण गरेको थियो । मौसम केही खुलेपछि उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।

मौसमकै कारण चारवटा विमान डाइभर्ट गरिएको विमानस्थलले जानकारी दिएको छ । बुद्ध एअरका तीन र श्री एअरको एकसहित चार वटा विमानलाई डाइभर्ट गरिएको हो ।

मौसम खराबीकै कारण आन्तरिक विमानस्थलहरुमा यात्रुहरु अलपत्र परेका थिए ।

TATA ADD