नेपाल एयरलाईन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने

Diyo post  

काठमाडौँ, असोज १ । नेपाल एयरलाईन्सले ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने भएको छ । एयरलाइन्सले ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा भाडा छुट गर्ने निर्णय गरेको हो ।

नेपाल एयरलाईन्सले १० आन्तरिक उडान गर्दै आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई सहुलियत प्रदान गर्न आह्वान गरेका थिए ।

नीजि विमान कम्पनीहरुले ज्येष्ठ नागरिकहरुलाई हवाई भाडामा छुट दिन नसक्ने बताउँदै आएतापनि नेपाल एयरलाईन्सले भने पचास प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ ।

नीजि विमान कम्पनीहरुले पनि यसबारेमा थप अध्ययन गरि भाडा छुटको विषयमा आधिकारिक निर्णय गर्ने बताएको छ ।

सम्बन्धित खबर