काठमाडौँ, असोज १ । सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्यवहार गर्ने पुर्वसांसद योगेन्द्र घिसिङ रिहा भएका छन् । मंगलबार ५ हजार धरौटी तिरेर रिहा भएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
गत भदौ गते रत्नपार्कबाट भैँसेपाटी जाने सार्वजनिक बसमा घिसिङले कलेज पढ्ने एक युवतीलाई यौन दुर्व्यवहार गरेका थिए ।
उनि लालितपुरका तात्कालिन माओवादी केन्द्रका समानुपातिक तर्फका सांसद हुन् । पार्टीलाई असहयोग गरेको भन्दै माओवादी केन्द्रले उनलाई सामान्य सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेको थियो ।