काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव को स्थापना गरि अभियान संचालन गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार संघिय सांसदको सुन्ने समयमा बोल्दै सांसद खतिवडाले कहिँबाट उपाय नलागेपछि देवि देउतालाई गुहार्ने चलन भएको हँदा डेंगु नियन्त्रण गर्न पनि लामखुट्टेश्वर महादेव स्थापना गर्न सुझाव दिएका हुन् ।
डेंगु नियन्त्रण गर्न सरकार असमर्थ भएपछि देवता गुहार्नको लागि व्यंग्यात्मक ढंगबाट सांसदले सुझाव दिएका हुन् । संसदको सुरक्षाका लागि सिंहदरबारस्थित पुरानो संसद भवनमा पनि संसदेश्वर महादेवको स्थापना गरिएको प्रसंग समेत जोडे । आफ्नै जिल्लामा पनि फलफुल लटरम्म फलोस भनेर लटरम्मेश्वर महादेव स्थापना गरिएको, सन्तान नहुनेका लागि सन्तानेश्वर महादेव स्थापना गरिँदा डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेवको स्थापनामा पनि सरकारले ध्यान दिन आग्रह गरे ।
सांसद खतिवडाको अभिव्यक्तिले सभामुख कृष्ण बहादुर महरा, स्वास्थ्य मन्त्री उपेन्द्र यादव लगायत संसदमा उपस्थित भएको प्रतिनिधिहरुले हाँसेर प्रतिक्रिया जनाएका थिए ।