गोरखाबाट विप्लवका जनवर्गिय संगठन प्रमुख पक्राउ

दियो पोस्ट  

काठमाडौँ, असोज १ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गोरखाका जनवर्गिय संगठन प्रमुख पक्राउ परेका छन् ।

जनवर्गिय संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला इन्चार्ज चिनकाजी बिक पक्राउ परेका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका–३ बयपानीबाट नेता बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।