काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।
बुधबार दाँतको उपचार गर्नका लागि अध्यक्ष प्रचण्ड मेडिसिटी अस्पताल पुगेका हुन् ।
बारम्बार दाँत दुख्न थालेपछि उपचारका लागि प्रचण्ड अस्पताल पुगेका हुन् । चिकित्सकहरुले दाँत झिक्न सुझाव दिएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।