काठमाडौँ, असोज १ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव बुधबार राति अमेरिका जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुने संयुक्ता राष्ट्रसंघको महासभामा भाग लिनका लागि मन्त्री यादव आज राति त्यसतर्फ लाग्न लागेका हुन् ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारि गर्दै मन्त्री यादव राति ९ः ३० को फ्लाईटबाट अमेरिकातर्फ लाग्ने जानकारी दिएको छ ।
मन्त्री यादवले आज संसदमा डेंगुको महामारि र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुका बारेमा ब्रिफिङ गरेका थिए ।
देशमा महामारी फैलिँरहँदा स्वास्थ्यमन्त्री विदेशमात्र हिँडिरहेको भन्दै सदनमै उनको आलोचना भएको थियो ।
मन्त्री यादव असोज १४ गतेमात्र नेपाल फर्कने कार्यक्रम रहेको छ ।
